हेटौँडा । हेटौँडाका गायक शकुल विश्वकर्माको “च्याप्प समाई” गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । आज उनको अफिसियल युटुब च्यानल मार्फत गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको हो । हेटौँडा आसपास छायांकन गरिएको गीतको संगित तथा रचना स्वय्म शकुलकै रहेको छ भने उक्त गीतलाई हेटौँडामा रहेको आफिया रेकडिङ स्टुडियोमा रेकर्ड गिरएको हो ।

गितमा अमृत विश्वकर्माको एरेन्ज रहेको छ भने गितको म्युजिक भिडियोलार्ई अजय वाईवाले निर्देशन तथा सम्पादन गरेका हुन् म्युजिक भिडियोमा शकुलको साथमा अञ्जली रसाईली, अमृत विश्वकर्मा तथा डिजे लामाले अभिनय गरेका छन् । म्युजिक भिडियो सार्वजनिकपछि प्रतिक्रिया दिँदै शकुलले आफुले यो गितमा सक्दो मेहनत गरेको बताए । मकवानपुर आसपासको चिनारी सहित गितको छांयाकन गरिएको भन्दै उनले आफ्नो गितलाई सबैले सुनिदिन तथा हेरिदिनको लागि अनुरोध समेत गरे ।
हेर्नुहाेस भिडियाे