हेटौंडा। बागमती प्रदेशको प्रदेश सभा वैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिक राम जम्मकट्टेलले प्रदेशमा पछिल्लो समयमा भएको बाढी पहिरोको कारण भएको क्षतिको जानकारी गराएका छन् ।
सभामुख सानुकुमार श्रेष्ठसँग शुक्रबारको वैठकमा सार्वजनिक महत्वको लागि जरुरी समय भन्दै समय माग गरेर उनले संसदमा जनधनको क्षतिको जानकारी गराएका हुन् । मन्त्री जम्मकट्टेलका अनुसार बागमती प्रदेशमा गएको असार २५ गते पछि बाढी र पहिरोको कारण ५ जनाको मृत्यु भएका, १२ जना घाइते तथा २३ जना बेपत्ता रहेका छन् । प्रहरी र प्रशासनको रिर्पोट अनुसार बागमती प्रदेशमा बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बढी क्षती पु¥याएको मन्त्री जम्मकट्टेलले बताए । असार २५ को भारी वर्षको कारण बाह्रिबसेमा हालसम्म ३ जना मृत्यु भएको छ भने ११ जना घाइते तथा २० जना बेपत्ता रहेका छन् । त्यस्तै साउन १ गते भोटेकोशीमा गएको पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको र ३ जना अझै बेपत्ता रहेको मन्त्री जम्कट्टेलले जानकारी दिए ।
यस्तै प्रहरी र प्रशासनको रिर्पोटमा नआएको तर अपुष्ट जानकारी आएकोमा हालसम्म चितवनमा २ को मृत्यु, धादिङमा १ जनालाई खोलाले बागाएर मृत्यु भएको, काभ्रे र नुवकोटमा पनि खोलाले बगाएर १÷१ जना बेपत्ता भएको उनले बताए ।
यसै बीच सिन्धुपाल्चोकमा बाढि पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गर्ने भएको छ । स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पिडितहरुका लागि घर निर्माण गरिदिने बागमती बिपद ब्यबस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो । सिन्धुपाल्चोकका बाढि पहिरो पिडितहरुलाई तत्काल राहत पनि उपलब्ध गराउने भएको छ । समितिका अध्यक्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउन लागेको हो ।
समितिले बारबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । सो रकमबाट स्थानीय तहले कार्यबिधि अनुसार राहत, घाईतेको उपचार, पुनस्थापना लगायतका काम गर्न सक्नेछ । यस्तै यस अघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम १ लाख रुपैयाँ पनि तत्काल उपलब्ध गराईने समितिले जनाएको छ ।
आईतबारसम्म राहत रकम स्थानीय तहमा पठाईने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । शुक्रबार नै बसेको समितिको बैठकले समितिमा ३ जना सदस्यलाई मनोनित गरिएको छ । समितिका मनाेनित गरिएका सदस्यहरुमा प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा र ईन्द्रमाया गुरुङ रहेकाे आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकाराम जम्कट्टेलले जानकारी दिए ।