हेटौंडा । हेटौंडाका २६ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड १९ रोकथाम गर्न बनेको हेटौडा–४ कर्रामा रहेको आईसोलेसनबाट कोरोना जाँच गरिएका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
हेटौडा उपमहानगरपालिका वार्ड नंम्बर–१४ का युवकमा कोरोना संक्रमण भएको आज बेलुका मात्र पत्ता लागेको हो । हिजो लिएको नमुनामा समस्या आएपछी आज पुन स्वाब लिई जाँच गर्न पठाईएको थियो । उनि उनका साथी समेत होम क्वारेन्टाईनमा बसेको थिए । हेटौडामा होल्डिंग सेन्टर काठमाडाैबाट होम क्वारेन्टाइनमा ल्याई राखिएको थियो । उनी साउदी अरबबाट हवाई मार्गबाट नेपाल प्रवेश गरेका थिए।
बैदेशिक रोजगारीको नेपाली कामदारका साथ नेपाल एअरलाइन्सबाट आएहरू मध्य हालसम्म उनमा मात्र संक्रमण पुस्टि भएको थाहा भएको छ। उनमा काेराेना संक्रमण पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ । संक्रमण पुष्टि भए पछी उनलाई आईसोलेसन वार्डमा ल्याइएको छ । युवकसंगै आईसोलेसन वार्डमा सेवा लिने १७ जना संक्रमितको संख्या पुगेको छ । हालसम्म मकवानपुरका ३३ जनामा काेराेना संक्रमित पुष्टि भएका छन् भने अधिकांशले काेराेनालाइ जिती घर फर्किसकेका छन् ।