मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिकाले शुक्रबार कृषकहरुलाई ट्याक्टरलगायत विभिन्न कृषि उपकरण वितरण गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको कृषि यान्त्रीकिकरण कार्यक्रम अन्तरगत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर, ह्याचरी मेसीन, मकै, चामल, मसला पिस्ने मेसिन, मकै छोडाउने, फल टिप्ने, भुसा काट्ने, आलु खन्ने मेसिनलगायतका विभिन्न कृषि उपकरण वितरण गरेको हो ।
गाउँपालिकाले ३ वटा कृषि सहकारी संस्थालाई पुर्ण अनुदानमा ह्याचरी मेसीन प्रदान गरेको हो भने अन्य ६५ जना कृषकलाई मागका आधारमा ६० प्रतिशत अनदानमा कृषि उपकरण प्रदान गरेको गाउँपालीका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । गाउँपालिकाले कृषि यान्त्रीकिकरण कार्यक्रम अन्तरगत पुर्ण अनुदानमा ३ वटा कृषि सहकारी संस्थालाई एकलाख ५० हजार दरका ह्याचरी मेसीन प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरेर कृषकलाई कृषि उपकरण वितरण गरिएको थियो । किशानलाई कृषि उपकरण वितरण गर्दै प्रमुख खुलालले मकवानपुर जिल्लामा कृषिको प्रचुर सम्भावना रहेको कृषिकै माध्इमबाट समृद्धि प्राप्त गर्न सकिने हुनाले प्राप्त उपकरणको सहि उपयोग गर्न कृषकलाई आग्रह गर्नुभयो ।
त्यस्तै उपकरण प्राप्त गर्ने किशानहरुले यसअघि कृषि क्षेत्रमा उपकरणका माध्यमले काम गर्न धेरै सहज हुने भन्दै यसको भरपुर उपयोग गरेर उत्पादक्त्व बृद्धि तर्फ लाग्ने बताएका छन् । कृषि उपकरण वितरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, गाउँपालीका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पाबर्ती राना, प्रमुख प्रशासकिय अधिकृत जीवन कुँबरलगाएतको सहभागिता थियो ।