मकवानपुर/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको शिद्धार्थ माध्यमिक बिद्यालयमा स्थापना गरिएको सूचना प्रबिधि प्रयोगशाला र बिज्ञान प्रयोगशाला स्थापना गरिएकाे छ । बुधबार हेटाडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले दुवै प्रयोगशालाको उद्घाटन् गरे सँगै प्रयाेगशाला सञ्चालनमा अाउने भएकाे हाे ।
उद्घाटन् पछी मेयर महतले अव सामुदायिक बिद्यालयहरु परमपरागत ढंगले भन्दा पनि प्रविधिमा केन्द्रीत रहेर अध्यापन गराउनुपर्ने वताउनुभयो । प्रविधिको प्रयोग गर्ने बिद्यालयलाई स्थानीय सरकारले सहयोग गर्ने वताउनुभयो ।
नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा निर्माण भएको सूचना प्रविधि प्रयोगशालामा २५ लाखको सहयोगमा २४ वटा कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री राखिएको छ । यसैगरी बिज्ञान प्रयोगशाला निर्माणका लागि बागमती प्रदेश शिक्षा निर्देशनालय हेटौंडाले १० लाख रुपैयाँ, सीटीइभीटीले ५ लाख रुपैयाँ र हेटौंडा उपमहानगरपालिकाले ४ लाख रुपैयाँ सहयोग गरेको शिद्धार्थ मावि बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष मधु बजगाईले वताउनुभयो । दुवै ल्यामा कक्षा ६ देखि १२ कक्षा सम्मका बिद्यार्थीलाई राखेर सिकाइने छ ।

बिद्यालयका अध्यक्ष मधु बजगाइको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा इकाइ मकवानपुरका प्रमुख लिला गौतम, डीएलपीआइयु शिक्षाका प्रमुख बद्रीबहादुर पाठक, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, बिद्यालयका प्रधानध्यापक मोहन प्रसाद शर्मा, बिद्यालयका शिक्षकहरु सागर प्रसाद खतिवडा, गणेश प्रसाद हुमागाई लगायतकाको सहभागिता रहेको थियो ।