सामाजिक दुरी कार्यम गर्दै लायन्स क्लव अफ हेटौडाको वर्ष २०२०/२१ को पदस्थापन कार्यक्रम आईतबार भएको छ ।
क्लब आफनै भवन हेटौडा ४ कर्रामा आयोजित कार्यक्रममा वर्ष २०१९/२० का अध्यक्ष नरेन्द्र महर्जनले वर्ष २०२०/२१ का अध्यक्ष राजु नेपाललाई पद हस्तान्तरण गर्नु भएको थियो । क्लबको वर्ष २०२०/२१ का लागि प्रथम उपाध्यक्षमा माधव न्यौपाने, द्धितिय उपाध्यक्षमा रमेश गिरी, सचिवमा तुलसी रिजाल, कोषाध्यक्षमा विष्णुलाल महर्जन चयन हुनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय गान, झण्डाको अभिवादन संगै विश्वशान्तिको लागी एक मिनेट मौनधारण समेत गरिएको थियो । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष सुर्दशन अधिकारीले स्वागत गर्दै क्लबले गरेका गतिविधि तथा क्लबले पाएका सम्मान तथा अवार्डहरुका बारेमा जानकारी दिएका थिए ।
लायन्स क्लब अफ नेपाल ३२५ बि टु का पुर्व सिनियर डिष्ट्रिक एडभाईजर राम श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु भागरथी शर्मा, मुक्तीगोबिन्द वैद्य, बजरंग सिंह, डा.बलराम भट्ट लगाएतका वरिष्ठ लायन्सकर्मीहरुको सहभागीता रहेको थियो ।
चार दशक पार गरि पाँचौं दशकको यात्रामा रहेको मकवानपुरको पहिलो लायन्स क्लबको रुपमा रहेको यस क्लबले क्लबको टिम सार्वजानिक गरि सम्पूर्ण सदस्यहरुलाई वितरण समेत गरिएको थियो ।
यो क्लब ४३ वर्ष अघि स्थापना भएको हेटौडाको पहिलो लायन्स क्लब हो । यही क्लबले जन्माएका लायन्सक्लबहरु मार्फत मकवानपुरका धेरै लायन्सकर्मीहरुले ३२५ बि टु मा आफनो उपस्थिती देखाई सकेकाछन्, । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले पुरानो क्लबको ईतिहासलाई उत्तिकै उर्जाशिल बनाउन भुमिका खेल्ने क्लबका सबै सदस्यहरुमा धन्यवाद दिदै नयाँ सदस्यहरुलाई अझ सकृयताका साथ सामाजिक कार्यमा लाग्न र क्लबको सकृयता बढाउन आग्रह गरेका थिए ।
कार्यक्रममा पद हस्तान्तरण गर्दै अध्यक्ष महर्जनले आफनो कार्यकालमा गरेका महत्वपुर्ण कार्यहरुमा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद दिनु भएको थियो । यस्तै पदग्रहण गर्दै क्लबका वर्ष २०२०/२१ का अध्यक्ष नेपालले क्लबका वार्षिक कार्यक्रहरुलाई निरन्तरता दिदै नयाँ कार्यक्रमहरु ल्याएर क्लबको सकृयता बढाउने प्रतिवद्धता जनाएका छन्, । पदहस्तान्तरण कार्यक्रम वर्ष २०१९/२० का अध्यक्ष नरेन्द्र महर्जनको सभाध्यक्षतामा भएको थियो ।