हेटौंडा ः बागमती प्रदेशले ल्याएको बजेट र सरकार सञ्चालनको विषयलाई लिएर सदन देखि संसदीय दल सम्म विरोध भएको छ । संसदमा सरकारको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित विपक्ष दलहरुले चर्को आलोचना गरेका छन् भने नेकपाका बागमती प्रदेश संसदीय दलको वैठकमा सांसदहरुले सरकारको चर्को विरोध गरेका छन् ।
३ मन्त्रीले दिए जवाफ
४ दिन देखि प्रदेशको राजधानी हेटौंडामा बसिरहेको नेकपा बागमती प्रदेश संसदीय दलको वैठकमा सत्तारुढ सांसदहरुले सरकारका मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । बजेट विनियोजन मन्त्रीहरुको खल्तीबाट भएको भन्दै मन्त्रीहरुको सत्तारुढ दलका सांसदहरुले नै विरोध गरेका हुन् ।
सरकारले नेकपा प्रदेश कमिटि संग छलफल नगरेको भन्दै मुख्यमन्त्री सहित मन्त्रीहरुलाई प्रश्न सोधिएको एक सांसदले बताएका छन् । बुधबार भएको वैठकमा तीन जना मन्त्रीहरुले जवाफ दिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलालले जवाफ दिएका छन् । दुलाललाई मन्त्रालयबाट जाने बजेट सबै आफ्नो कार्यकर्ताहरु लाई मात्रै दिएको आरोप सांसदहरुले लगाएका थिए, जवाफमा मन्त्री दुलालले केहि कमजोरी भएको भन्दै गल्ति स्विकारको सहभागी सांसदले जानकारी दिएका छन् । यस्तै बागमती प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले पनि जवाफ दिएका छन् । भोली बिहान बाँकी मन्त्रीहरुले जवाफ दिने कार्यतालिका रहेको छ । यस्तै आर्थिक मामिला मन्त्री आफुलाई मन पर्ने सांसदहरुको मात्रै बजेट थुपारेको आरोप लगाएका छन् । यस्तै आर्थिक मामिला मन्त्रीले संसदहरु सँग मागेको कुनै पनि योजना नपारेको भन्दै बजेट संसोधन गरेर मात्रै अगाडी बढाउनु पर्ने माग गरेका छन् ।
बजेटको बहानामा सरकारका कामको समेत चर्को आलोचना सहित टिप्पणी भएको उनले बताए ।
संसदमा आलोचना
संसदीय दलमा सत्तापक्षबाट आरोप खेपिरहेको सरकारले संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित विपक्ष दलहरुले चर्को विरोध गरेका हुन् । विनियोजन विधेयक माथि तीन देखि लागतार चलिरहेको छलफल सरकारले ल्याएको बजेटको चर्को विरोध हुँदै आएको छ । बुधबार नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले सरकारको चर्को आलोचना गर्दै बजेट हावदारी भएको बताईन् । यस्तै नेपाली कांग्रेसका सांसद डा. राजाराम कार्कीले बजेटमा समाजवादको गन्ध पनि नदेखिएको भन्दै व्यङग्य गरेका थिए । नेपाली कांग्रेसकै सांसद नरोत्तम वैध सांसदका लागि अर्बौंको बजेट दिने तर कोरोनाको लागि १९ करोड मात्रै ? भन्दै प्रश्न गरेका थिए । नेपाली कांग्रेसकी सांसद गिता वाग्लेले बजेट दबाब र प्रभावमा आएको देखिएको बताएकी थिइन् । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णलाल भडेल किसानको पक्षमा विल्कुलै बजेट नआएको बताए ।
कांग्रेस सांसद विजुला वर्मा राणाले प्रदेश सरकारले कोभिड १९ मा गरेको ५० करोड खर्चको हिसाब माग गर्दै केन्द्र सरकारको फेर समात्न छोड्नु पर्ने तर्क गरेकी थिईन् । बुधबारको संसदको वैठकमा भने सत्तापक्षका सांसदहरुले भने सरकारको बचाउ गरेका थिए ।