जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड

मकवानपुर । जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ असाेज २० गते मंगलबार बाँडफाँड हुने कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको हो।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ मंगलबार बिहान १०ः३० बाँडफाँड हुने जनाएको छ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।

कम्पनीको आईपीओ करिब ८ गुणा बढी आवेदन परेको छ। शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् भने बाँकि आवेदकको हात खालि हुनेछ। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

© २०२० सहीखबर | Powered By: Mimosa